साउन लागन्ज्याँ भौत कुरडी दिमागमी आउन्छन् अचेल । खासअरिपर नान्का छन्ज्याँ पहाड बिताया बाल्यकालखि भौत याद आउन्छ । साउन एक गते हरेली सकराँती भन्नथे । झिक्क दाना लाग्या मेलै रे सल्ला हाङ्ङा लैगिपर गडा जान्थे । जैलाइ हरेलो भन्नाहान् । रोपामी मान जन्लागौ भनिपर गडा कुनाखी (इचलामी) हरेलो हाल्लथे । सङ्ङै भातो माण लै हाल्लथे ।
साउना मैना मेग झिक्क आउने हुनाले स्कुल बिदा हुने चलन उइलैपठिको हो । मेग झिक्क आइपर गाड आउने, पैरो जाने हुनाले बिद्यार्थीलाई स्कुल आउजाउ अद्द डर हुन्छ भनिपर स्कुल बिदा हुन्थी । अचेल लै हुन्छ । स्कुल बिदा भैपर हाम फुर्सदिला हुन्थे । स्कुल जान नैपड्ड्थ्यो । लेक हुने लेक जान्थे । औल मात्तरै हुने औलै बस्तथे । घर गाईबाखरा पाल्या हुन्थे । साउना मैना जयजात्कै स्कुल बिदा हुनेइ हुनाले सबैका इजाबा लै गाइबाखरा चराउन छुट्टि पाउन्थे । हाम बिद्यार्थीमौ हुन्थे गोठाला । लगभग सबैका घर हुन्थे केइन केइ पाल्या । कसैका बाखरा हुन्थे, कसैका गाई, कसैका बल्ल । साउना मैनाभरी गाइबाखरा चराउन बन जानुपड्ड्थ्यो । गोठाले जीवन अन्धेर राम हुन्थी । साउनो मैना गया पत्तैन हुन्थ्यो । कम्भो प जान्थ्यो ?
भर्कर छकले स्कुल सक्किया हुन्थ्यो । ब्याहान माठा उठे लै भ्यो । दुई चार दिन त खुब सिन्थे फुसफुस । ब्याहान खानो खाइपर दस एघार बजे गाईबाखरा खोइपर बन लैजान्थे । घरबाट डेड दुई घन्टा दुर सम्म लैजान्थे चराउन । बरिखा मौसम । मेगो भर नैहुन्थ्यो । मौना बोक्द असजी हुनाले छाता हुन्थिन । कैलेइ ओडो लैजान बिसरी जान्थे । रुजिपर चुना चुना हुन्थे । कैलेइ ओडार भितर छिद्दथे । कैलेइ त बर्साइत चिरिया हुन्थ्यो, ओड्या रे नओड्या एकै । रुज्यादिन जाडी खुब हुन्थी । आगो बालिपर तापन्थे । सल्लाम्भी आग लाउन्थे । सल्लाम्भो लिसो हुनाले झुरो खुब बल्लथ्यो । सल्लाम्भो बाल्या आगो भौत बेरसम्म नैनिमन्थ्यो । राम मान्नथे खुब । बन्चराले या आँशीले खोपिपर सल्लाम्भी आग लाउन्थे । रुज्या लत्ता अँखद्दथे मनाइ । जाडी लै थोका हुन्थी ।
बरिखा जुगा न्यारा हुन्थे । लाग्या था हुने न खाया था हुने । रगताम्मे हुन्थे खुट्टा । जुगा नैलागन्ना भनिपर नुनचुको कुटिरो (कालो चुक) बनाइपर लैजान्थे । तेइलै पखाल्लिजान्थ्यो । कैलेइ लैजानै बिसद्दे । लैग्यादिन हराइजाने । जयजात्का चेत, इसै हुन्थ्यो । तिमुर हालिपर पिन्या नुन भैपर जुगा नैलागन्थे । बरिखाभरी थोकातिनो रगत त जुगाइ सकिहाल्लथे हमरो । डाङ्ङाम्भा भन्ना खोलाम्भा झिक्क हुन्थे जुगा । तेइ हुनाले सकेसम्म हाम सल्ल्याडिम्भा लैजान्थे गाईबाखरा । जुगा लाग्देहुनाले गाईबाखरा लै झर्किजान्थे बरिखा । औल भन्ना लेक थोका हुन्थे जुगा ।
बर्ताजसा मान्छ्या लेक औल हुन्थ्यो । बरिखा रे हिउन लेक जान्थे । लेक भन्ना औल झिक्क हुन्थे जुगा । खेतीपातीका बखत औल झड्डथे । लेक घोगा बोया हुन्थे । साउना मैना घोगा पसुने बखत हो । लाग्दाइ भदो घोगा दुदेना होइजानाहान् । बान्नर, झलोद, सडे जसा जङ्ङली जनावर खुब सताउन्थे । घोगा बचाउनाइ आपत हुन्थी । परो हाल्या हुनाहान् सबले । परामी बसिपर बान्नर धपाउनु पड्डथ्यो । दुई चार परा बनाया हुन्थे । ठुला ठुला घाणा लाया हुन्थे । घाणो बजिपर बान्नर भागन्थे । दिन बान्नर हेद्दाइ आपत, रात सडे, झलोद, बनेलै आपत । घोग्याडिम्भा काँकडा लाया हुन्थे । काँकडा खानाइ बाहार हुन्थी । परा मुनि आगो बालिपर घोगा पोल्लथे । खुब मिठा हुन्थे पोल्या घोगा । हरिय डा हालिपर पिस्या नुन सित पोल्या घोगा अन्धेर स्वादी ।
बन गाइबाखरा हेद्द गयादिन घरहै गेडा भुटिपर लैग्या हुन्थे पोटली । कैलेइ भट्टा गेडा, कैलेइ घोगा गेडा । कैलेइ सिरमाल, कैलेइ खाजा । कैलेइ रोटै रे गुड लैजान्थे । बाडी लै लैजान्थे कोइ कोइ । गाउँका हाम चार पाँच जना सङ्गै लैजान्थे । बरिखा आरु, नस्पाती हुनाहान् । साउने आरु खुब मीठो हुन्छ । बिकासी आरुका दाना ठुला हुन्थे । एकै दानो खान्ज्याँ धो हुन्थी । बन घङारु पाक्या हुन्थे बरिखा । घङारु लै खुब खाइयो गोठालो गया बखत । साउना मैना गुयँला लै हुन पाक्दे । हमरा खरबाडिमी तीन चार बोट लाया थ्यो बाले । खुब फल्लथे गुयँला । मथी कुच्च्या लेकतिर हुन्थे ठुला ठुला गुयँला रुख । दाना लै अन्धेरैका हुन्थे । कैले कैलेइ जान्थे हाम लै गुयँला खान । छापरा भरी टिपिपर ल्याउन्थे घर ।
गाईबाखरा चराउन गया दिन खेल्ला खेल्ला दिन गया था हुन्थ्यो । गाईबाखरा एक्तिर लायो, खेल्यो । कैलेइ त हाम इसेरी भुल्लिन्थे कि गाईबाखरा दुर पुगिसक्या हुन्थे । हराइजान्थे । खोद्द जानुपड्डथ्यो । कैलेइ हाम भन्ना पैल्ली घर पुगिजान्थे गाईबाखरा । कैलेइ कोइ गाई बनै छुट्टथे । कैलेइ अर्खा बल्लसित लड्डथे । घर आइपर गाली खान्थे इजाबाखी ।
बन गैपर घरकुटी खेल्लथे । अस्थायी घर बनाउन्थे । सल्ला कुसुमले छन्थे । माटीले लिपन्थे । न्यान्याराइ कुन्टा बनाउन्थे । कोइ बा बन्नथे, कोइ बजे । कोइ चेलाचेली बन्नथे । माटीका भाणा बनाउन्थे । माटीकै भात । पातो साग । पानीको गोरस । बासिङा गाईबाच्छा । न्यारै संसार हुन्थ्यो । आफनै दुनियाँ हुन्थ्यो । न हुन्थ्यो भविस्या सोच, न हुन्थ्यो वर्तमानो । बिछट्टै आनन्द मिल्लथ्यो । अन्धेरै खुशी । न हुन्थी पटाइ, न लागन्थी भोक । न कसैखी रिस मान्नथे, न कसैकी डर ।
के अद्दथे के नै । खोलाइना माछा नैमारे कि रुखैना सुइपानी नैखेले । उच्चा ढुङ्गामीहै फट्टक नैहाले कि अगास रुखमी सुर्केली नैलाए । सल्ल्याडिना घुसुडी नैखेले कि ओडार आगो लैहाले । सक्दे अरे, नसक्दे लै अरे । बान्नर नैपछेटे कि सड्या ओडार भितर नैछिरे । अरियाँलै गोली नैफुटाए कि, चडाइ घोल नैनिकाले । सुक्या पातै बिणि बनाइपर नैखाए कि रम्बासा पातमी फोहोर फोहोर चित्र नैबनाए । सल्ला बोकडामी मुले मुलाइका नाउँ जोडिपर नाउँ नैलेखे कि घट्टो पानी नैतोडे । उपद्दर अरे ।
मेग लागिपर सर्क चड्क्या दिन च्याउँ फुट्टथिन खुब । बनहै च्याउँ लेइपर आउन्थे । बसाइतिक च्याउँका सागसित रोटा खुब मिठा हुन्थे । कोइ कोइ च्याउँ त छाता जतनी हुन्थिन । कैखी च्याउँ झिक्क हुनिन ? च्याउँ खोद्दे रे टिप्दे प्रतिस्पर्धा हुन्थ्यो हामरो । पिणाउँका पात ठुला हुन्थे । पिणाउँकाइ पातै छाता बनाइपर ओड्डथे । बसाइतिक यै घर उइ घर चौलो लाउन्थे । खुट्टे खेल्लथे । साउना मैना दैनिकी इसै हुन्थ्यो हामरो ।
साउना लाग्दाइ स्वाहानिको भने खेत गोड्डो हुन्थ्यो । साउना दस पन्द्र सम्म खेत गोड्डै पुगन्थ्यो । मेग आइपर बाटाघाटा बिगड्या हुन्थे । एकतिर भुड हुन्थ्यो भने अर्खातिर किच । खलामी हर्याल पड्या हुन्थ्यो । गन्यौला उति हुन्थे खलामी । हिट्ट लै असजी । काँइ निकलु भने लै किचैकिच, भुडैभुड । जुगा न्यारा लागन्ना ।
बरिखा दिन सलाइँ ओद्दिपर आगो पाड्ड्डाइ आपत हुन्थी । दुई चार सरा त उसाइ सक्किनथे । नैओद्देलि भनिपर सिन्नेउडाम्भी चेप्या हुन्थे सलाइँ । कि त भाडमी बिसाइराखन्थे । कैलेइ पाड्डा पाड्डाइ सौँती सलाइँ सक्किजान्थी । वल्लापल्ला घर गैपर कौल ल्याउनपड्डथ्यो । अर्खातिर दरुवँ रुज्या हुन्थे । आगो बाल्ले बखत आपत । सल्किनेइन् सल्किने । सल्किहाले लै बल्लेइन्बल्ले । धुकालिपट्ट । घर खरिपर कालै हुन्थ्यो । लत्ता न्यारा खरिना ।
बरिखा दिन बिस्कुन सुकाउन लै आपतै हुन्थी । घाम कैलेइ लाग्दे, कैलेइ नलाग्दे । लाग्या दिन लै मदुरो लाग्दे । बिस्कुन सुक्देइन् सुक्दे । घट्ट पिस्ताइ आपत । भाडमी सुकाइपर कुटिपिसी अद्दथे बिस्कुन । थोका आपत हुन्थी । बरिखा दिनो मेग, चुया चुयै हुने । लत्ता लै निकेरी सुक्दैनपाउन्थे । ओद्दियै न्यारी गन आउन्थी लत्ताम्भी ।
बरिखा दिन थोक्काइ लै मेग आउन्ज्याँ गाडो पानी खोदलो होइजाने । उसै खोदलो पानी खान्थे । कैलेइ झिक्क खोदलो भया दिन चोट्काले छानिपर पिन्थे । मेग झिक्क आयादिन गाड लै आउन्थी । डर हुन्थी । कैलेइ बन गया दिन गाड आइपर बनै थुन्निनथे । दोकान गया मान्छ दोकानै थुन्निनथे । गडा गयै स्वाहानिमौ गडाइ थुन्निनथिन । आपतै हुन्थी । साङु लै बगाइदिन्थ्यो कैलेइ त । अगास पुगेइ हुन्थी गाड । घट्ट बगाइदिन्थ्यो कसैको त । गाडा निज्क भया गडामी बालुवाइ बालुवो हुन्थ्यो ।
बरिखा दिन पैराइ न्यारी डर । कैतिक प काँ प पैरो जाने हो ? घरा मथिना ढुङ्गा कैतिक प झड्डेहुन ? झरन झरन हुन्थी बरिखा ।
गुल्जे घर । कैलेइ चुइजान्थ्यो । पाण गैपर पनात लाइपर पानी छोड्डथे । डेबुलाइनो चुन्थ्यो । अनाज रुद्दाइ डर । खलो न्यारो चिफटो । चप्पल चिफल्किगेपर कैतिक लोट्टिने । जतन अरिपर हिट्टपड्डथ्यो । खुट्टा न्यारा घिनान्थे । आउँला कापैना पाकिपर पियँलीपट्ट । चिल्याना न्यारा । थोका आपत हो । उम्भाइ जुगा लागन्ना । आउँला कापम्बाहै जुगा निकाल्लाइ आपत हुन्थी । कति जुगा रोस्से पुगन्थे कति सिन्नेउडामी । कति खानो खाने बखत अगाइपर आफुइ झड्डथे भने कति सिने बखत सिन्नेउडामी । ऐँठाहै रोस्से सम्म, रोस्सेहै सिन्नेउडासम्म रगतो धारो बग्या हुन्थ्यो कैलेइ त । न घिन, न लाज । सब पचाउनपड्डथ्यो ।
खला डिणैना काँकडा लाया हुन्थे । साउना मैना फूलिपर छिउँ लागन्छन । इसैबखत हुन चडा छिउँ खाने । चडा थपाउनाइ आपत हुन्थी । राइटे भन्ने चडो हुन्थ्यो । खुब दगाउन्थ्यो । काँकडा छिउँ जगाउन आपत हुन्थी । तकिराख्दुपड्ड्थ्यो ।
उच्कलो हुनेहुने कोदे रोप्दथे । धान रोप्द नैसक्या ठौर स्वडामी कोदे रोपन्थे हाम लै । गडा डिणम्भा सोट्टा लाउन्थे । कोद्या गडामी च्याउँ खुब फुट्टथिन ।
पहाडी जीवन, गाउँले जीवन । बाल्यकाला यादहरु, आधा बिसरे । आधा सम्जे । जति जति याद आउँन्छन उति उती आँखा रसाउन्छन अचेल ।
अचेल बरिखा लागन्ज्याँ तिनुइ यादहरु आँखाम्भा रिट्टाहान । मेग फिक्कान्ज्याँ खलामी सुकाया बिस्कुनो याद आउन्छ । घाडैना हाल्या लत्ता याद आउन्छ । मेग झिक्क आउन्ज्याँ अगास लागेइ गाडो याद आउन्छ । जुगा समुद्दछु, चिफटो बाटो समुद्दछु । ग्याँस बाल्ललाग्या बखत उनुइ धुकाने दरुवँ समुद्दछु । लाइटर समाउन्लाग्या बखत ओद्दियै सलाइँ समुद्दछु । झुरो समुद्दछु ।
भौत याद छन पुराना दिनका । झड पड्डेइ हो भनिपर बरिखाखिलाइ दरुवैँ तार अरिराखन्थे । ओट राखन्थे । ऐँठाना सुकाउन्थे । भाडम्भा सिउँड्डथे । आमाका आँखा समुद्दछु । काँसो समुद्दछु उनरो । बज्यैको कालो खकार समुद्दछु । धुकालले कालो भया नुन समुद्दछु । किन्या दिना सुकिला छ्याउला समुद्दछु । बरिखा दिना घाँसा बिटा समुद्दछु । सकिनसकी पिठिनहै तेपारीमी राख्या आमा घाँसो बिटो नैबिसर्याथिन । सरले दिया गृहकार्य बन लैगिपर अद्दथे । कैलेइ काफी भिद्दथिन, कैलेइ किताब । जे भए लै पढाइ नैछाडे । गृहकार्य नैअरिपर सरै गाली कैलेइन् खाए ।
भङ्ङेरी लाइपर साउनो मैना सक्किन्थ्यो । साउन मसान्तीका बसाइतिक भङ्ङेरी लाउन्थे । पिणाउँका पातले बाद्दथे भङ्ङेरी । कैलेइ त रात सियाबखत फुट्टथ्यो । दोसरा दिन ब्याहानै फुकाइपर हेद्दथे । काँइ बुडिले चाटिहाल्यो कि भन्ने चिन्ता हुन्थ्यो । अचेल त अब यो चलन हराउन्लाग्ग्यो । मेहेन्दी आइगैन बजारमी । भदो दुई तीन गते स्कुल खुल्लथ्यो । हातमी लायै भङ्ङेरी भौत दिन सम्म रन्थी । नङ बाड्डै जान्थे, भङ्ङेरी मेट्टिनै जान्थी । कै का हातमी कति भङ्ङेरी लागि ? स्कुल लाग्या बखत हमरो तुलना हुन्थ्यो एक अर्खासङ्ङ । बुडिपोल्ली सम्म लै रन्थी कसैखि त ।
न रुप्पे चाइन्थे उइल न केइ । आफनै न्यारै दुनियाँ थ्यो । आफनै संसार । न केइको सोच हुन्थ्यो न केइको योजना । बिछट्टै खुशी मिल्लथ्यो । तौल्लै नसक्किने आनन्द । एक मैना बरिखा बिदा एकै दिनमी सक्किए जसो लागन्थ्यो । प्रकृति नै घर थ्यो, घर नै प्रकृति । अचेल सब छ, तेइ लै खुशी नैथिन यो मन । के के नपाया जसो । के के नभ्या जसो । निस्सेलो खिर जसो । अनिलो तिउन जसो ।
प्रतिक्रिया