धनगढी । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँदको मृत्यु भएको छ ।
डीएसपी सिंहका अनुसार लम्कीचुहा नगरपालिकास्थित धोबेनी खोलामा सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मलामी लिएर चिसापानीतर्फ जाँदै गरेकाे ट्याक्टरअनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।
प्रतिक्रिया