ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी हुँदै गृहजिल्ला पुगाइयो विपिनको शव, भोलि अन्त्येष्टि

सोमबार ०३, कार्तिक २०८२ ०७:४३

धनगढी । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव कञ्चनपुर पुर्‍याइएको छ । आज नेपाली सेनाले काठमाडाैंबाट जोशीको शव धनगढी पुर्याएको छ । धनगढी विमानस्थलबाट धनगढीका मेयर गोपाल हमालको परिवारले सञ्चालन गरेको महाप्रस्थान यानमार्फत जोशीको शव कञ्चनपुर पुर्‍याएको हो । उनको भोलि महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने छ । 

यसअघि आजै त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको थियो । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । 
 
अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासको अपहरणमा  परेका थिए । अपहरणमै रहेका बेला उनको हत्या भएको थियो । 

हमासले इजरायलको आक्रमणमा विपिन मारिएको बताएको छ भने इजरायलले हमास लडाकुले विपिनको हत्या गरेको दाबी गरेको छ । 

प्रतिक्रिया