ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परदेशी चेलालाई आमाको रैवार

बिहिबार १८, पुष २०८१ ०१:५९

प्यारो चेलो पुस्करे,
शुभ आशिर्वाद रे प्यार !
हाम याँ निकाई छु भनु, तम लै त्याँ निकाई होल्ला ।
तोसित कुरडी नभयै लै भौत दिन भैगे । फुन बिगड्या भौत दिन भैग्याथ्यो । हाम आफू बनाउन नजान्ने । के ब चेप्पिथ्यो कात्तरो । ऐल पल्ला घरै तारी आइरे उन्ने बनाइदियो फुन लाग्दे । तोलाई  फुन अरे नैलाग्यो । त काममी प गया थि कि ? तबै तारीले रैवार लेखिदिन्छु बजेइ भन्यो । उसैसित लेखिमागन्लाछु । तो पड्डेइ फुर्सद त हुनेइ हो कि नै प इती ? आफनी मनैनी रट्कना तोड्डो ।

नाती कतनो भयो भन्नै ? स्कुल जान्लाग्ग्यो हो, धिकी ? पल्ला घर टेक्या चेला सङ्ङो त हो मान्नु । एकै छुया हुन कसुब ? भौत सम्राइ लागेइ छ । चण्णी त आफ्फनाइ बज्या जसी बिथरी मान्थे । नाक तेराइ जसो रैछ लामो । नातिको मुख नधेक्या लै भौत भैगे । कैलेइ कुरडी अरु भने लै उइखि बोली नैबुद्दो । न उ मैले बोल्या बुद्दो । फोनमी उसै मुख हेद्दो मात्र हो ।

नातिनी लै ठुली भैगै हो । याँ आयै त काहीं होली तमरीमौखी ? तेरा बाखी रट्कनाइ छ नातीनतिना हेद्देइ ।  गया है रे एकफेरा लै नैफर्की । हाम बाटो हेर्या हेरेइ हुन्छु बा ।

पड्डामी नान्काइ छन्ज्याँबाटी चलाख थि । स्कुल गया है रे फस्टा फस्ट भै । तेइ फस्ट भया हुने लाग्यो भनिमान्नछु कैलेइ त । तोसित पड्डे टेके फेल भ्यो रे घरै रयो । त बर्ता जान्ने भै रे अमृका पुगि । बरु फेलै भया भे निको मान्नेइथे ब्वा । घरखी त हुन्थी । ऐल यै बुडेसकाल इसेरी चेलाइ बिँजाइ तड्पिन त नैपड्डेइथ्यो ।  तो सितो रतने लै दशमी फेल भयो रे देश गयो । वर्षा ठेक टुप्पा त घर आउन्छ । त त गै रे, गया गयै भै लाटा ।

त जैतिक फस्ट भैपर जतिभ्याखी बाउन्ड काफी लेइपर घर आउन्थी, उइतिक हाम कति खुस्सी हुन्थे । त चण्णिभरी रातो चानन लाइपर स्कुलहै आउन्थी, उइतिक हम कति खुस्सी हुन्थे भन्नै चेला । जैतिक छात्रवृत्ति पाइपर काठमाडौ पड्ड गया है कि नै, उइतिक झिक कति खुस्सी भया हुँ तेरा बाइ रे मै । पछि अमृका जाने भै पड्ड । गाउँभरी तेरी कुरडी अद्दथे मान्छ । हमरा गाउँमि पैल्ली अमृका जाने तै है । कति हरिक मान्थे । सब तेरै प्रसङ्सा अद्दथे । स्कुल तेरी कुरडी हुन्थी, दोकान तेरी । घँसारी तेरी कुरडी अद्दथिन, गोठाला तेरै । बन तेरी कुरडी हुन्थी, गडा तेरी । यत्रतत्र सर्बत्र थी बा त । तेरा नाउँले हाम लै पछेन्निन्थे । हमरी छाती बिथरी हुन्थी ।

सब निकै थ्यो । हाम लै अन्धेर खुसी थे । केइ न धेक्या हाम पहाडा गोठगाडा मान्छ, माल लेई । घर बनाइदी । रहड लाग्दो थ्यो । हम्खिलाई महल थ्यो । तेरा भाई पडाइ, ब्या अर्दी । सब निक्कोई होइरैथ्यो । जैबखत तेरा भाइले लै खुट्टा उचायो, उसै बखत अनारीचुप्प भैग्यो हाम्खिलाई । दुईदुई चेला भैपर घर खाल्ली भयो । महल लै ओडार भ्यो हाम्खी ।

रुप्पे त पठाइदिन्छौ दुयै चेला । रुप्पेले मात्तर खुसी काहीं मिल्लेरैछ ब्वा ? गुँड खाली भैगेपर माउँ काहीं खुस्सी भैसक्देइरैछन । हाम्खी लै तिस्सै भ्यो । चेलीमौ अर्खा घर दिपर सक्किन । चेलाइमौ बिदेश लागिपर सक्किए । त त नान्काइ छन्ज्याँ बित्तिगैथी, तेरो भाइ त रलो भनिमान्थे । उ लै बौलियो रे अस्टेलिया लाग्यो । तेरा बाइ रे म ठङ्ठणाना । कति अर्या हुँ तेरा भाइ रोक्द ? नानी नौकरी छनाइथी । समस्या पड्या बखत त नानोतिनो पठाहाल्लथी । भन्या नैमान्यो । स्वाहानीका पछा लाग्यो । हाम्ले नैसके रोक्द । ब्या नहुन्ज्याँ रैछन चेला आफना हुने । ब्या अद्दज्याँ त अचेल छुट्टिजानेरैछन । क्यारु चेला भाग्यमी नैभैपर ? त त ढल्किथीे ढल्किथी रे, तेरो भाइ लै ढल्क्यो हाम बुडाबुडी छाडिपर ।

दुई चेला छन् भनिपर धाक धेकाउन्थे गाउँबुडी । ऐल बुडेसकाल घरखि एक नै । क्यारु दुदुइ चेलाले ? बैङ्कमी रुप्पे त छन । रुप्पे मात्रै सबथोक नैरैछ चेला । तम रुप्पे त पठाउन्छौ दुयै । तिनुइ रुप्पे खर्च अद्दसक्दे तागत नैथिन ब्वा हाम बुडाबुडी सित । न बजार गैपर केइ किनिसक्दा न केइ खाइसक्दा । जैतिक रुप्पे चाइन्थे, उइतिक नैपाए । ऐल जतिभ्याका रुप्पेले क्यारु ? न खर्च अरिसक्दा, न कसै दिसक्दा ।

तेरा बाखी बिमारी तो थाइ छ । सुगर रे प्रेसर छ । उमेर लै भैगे अब । ओखतो ल्याउन अस्पताल जाइ नैसक्दा हाम । घर त बङ्गला बनाइदिया छौ हमरो । तेइको झाडोपोछाइन् अद्द सक्दा हाम । न काम अद्दे मान्छै पाइना । कैलेइ धारो बिगड्डछ, कैलेइ बत्ती । केइन औशान आउनी हाम । कैलेइ खानो माँज लाया बखत ग्याँस सक्किदिनो रे भोकेइ रना । न फुनै चलाउन जान्ना निकेरी । आया फुन उठाउन मात्तर सकन्छु । मेरो लै हात कामन लाग्ग्यो अचेल । उइला जसा चेत लै नैहुना । कैलेइ नुन भनिपर चिनी हाल्लछु तिउनैनो । कैलेइ चिनी भनिपर नुन हाल्लछु चाहाइनो । कैलेइ नुन झिक्क हुन्छ तिउनैनो, कैलेइ नुनैन हाल्लो । तेरा बा गाल्दिनाहान । इमि कल हुन्छ दुयैखि । अब बुडेसकाल रिस लै आउन्लागी । छना दुयै छु बुडाबुडी, कैलेइ दुइतीन दिन सम्म बोलचाल नैहुनी हमरी । कै दोष दिउँ बा ? भाग्य हो हमरो कात्तरो ।

सब सोत्ताहान इन्सीत रुप्पे तमामन छन । दुयै चेलाब्वारी बिदेश छन । खुश्शी हुन्ना । हाम केइन् खुस्सी छु लाटा । रुप्पेले मात्तर काहिँ खुश्शी हुन सक्किने रैछ रे ? रुप्पेइले खुश्शी हुने भे धनी मान्छ कोइ लै दुखी नैहुनाहुन ।

अगल्दिन तेरा बाले बर्ता मान्यो रे अस्पताल लैगे । दुई तीन दिन कुर्दिने मान्छ लै  नैभेट्टिए । तेरी दिदिमौखी लै आयै नैभै उइबखत । हलाली छ चेला हमरी याँ । भन्ने हुने त भन्नाहान, के छ रे इनरी याँ ? बाहार छ । अमृका डलर छनाइछन् । हमरा दुख्ख हमुइखी छन चेला । डलर निल्लु केइनै । न निकेरी मोबाइल चलाउन जान्ना । तोलाइ फोन अरु भने लै लाई नैसक्दा कैलेइ । एक बटन चेपु भनिपर अर्खो बटन चेप्पिनो । एक ठौर छुँ भनिपर, अर्खा ठौर छोइनो । भन्या जसो सजि काँ छ भन्नै लाटा ! टिबि हेरु भनिपर लाउन नैजान्ना । अचेलै नङ्ङे टिबि, के ब हुन असजी । हमरा बुत हुनेइ नहुनेइ । दिन्दिनै कै बोलाउनै बनाउन लै । पल्लाघरो रुदे थ्यो रे घर, सजि भैरैथ्यो । उ लै अगल्दिन जापान गैग्यो । उर्मि पँयल गै गै । अब त वल्तिर पल्तिर लै मुख बोल्ले कोइनथिन् । जोड्डा त पोराबर्स एसी लै जोडे । क्याद्दै निकेरी चलाउन नैजान्ना । के के प थिच्चिना । हाम भे उइ जमाना मान्छ । अचेल के के प आए । बान्नरा हात नरिवल भैरैछ याँ हाम्खी ।

आमाले इसो भन्यो भनल्लै बा । हाम्खी याँ आपतै छन । भन्ना त याँ मान्छ जे लै भन्ना । बुडाबुडिले अमृका गए लै हुनो हो के । चेलाब्वारी अमृकाइ ।  याँ के बस्ताहुन भन्नाहान । त्याँ तम्लाइ के दुख्ख दिउँ भन्नै ? न बोलिभाका जान्ना, न केइ औशान आउनी त्याँ । पोराबर्स तल्ला घरा गोशी गैपर दुई मैना नैटेकाए । त्याँ आइपर हाम क्यारु ? जिन्नगी यैँ काटे । अब परान लै यै छाड्डे हुँ चेला । त्याँ जनबोलायै हाम । नैआउने हुँ हाम ।

उतनो परिवार हो धेकी हमरो । ऐल बुडाबुडी मात्तर रय । चेलिमौ ब्या भैन रे आफना आफना घर गैन । चेला त दुदुइ थ्या रे, अर्खा देश लाग्या । कै खि के भनु बा ? जिन्नगी भरी तमराइ निउती लागे । सके लै, नसके लै तम पडाए, लेखाए । ज्वान जवान बनाए । ऐल इसि डौल भै । क्यारु ? कैदिन दुई बुडाबुडी सिया सियै हुनेहुँ । डर लागन्छ । म्वाल उगाड्डे मान्छ लै नैहुनेहुन मान्नु । अचेल सबैखी डौल इसि छ ब्वा याँ । गाउँबुडा जात्क सब बिदेशै जान्लाछन । हमरा टोलम्भा कोइन्थिन घर । के ब चलन आयो इसो ? कोइ टेकानैन् टेकाना याँ । कोइ मरे लै कुद्दे मान्छ नैथिन । मलाम गैदिने मान्छ नैथिन ब्वा याँ । टिठ लाग्दो छ अवस्था ।

काजबार आउनाहान, उस्साइ जानाहान । घरभरी मान्छ भैपर काजबार हुने रैछ । याँ त सुनसान छ । तम सब त्याँ भया । निसुम्म लागन्छ घर । केइ पकाउँ भने लै तमुइमी मन जानो । न अब उइला जसी तागत रै, न यै माल केइ औशानै आउनी । उसाइ आउनाहान काजबार, उसाइ जानाहान ।

कति दशैँ आइन, कति दुत्य । तेरा चण्णिमी चानन अक्षत नलाया कति बर्स भे भन्नै ? तो जमरा नपैरेया कति दशैँ भैन ? तेरी दिदिमौले तो टीका नलाया कति दुत्य भैन भन्नै लाटा ? याद छ बा ? इसेरी केलाइ माया माद्दै मेरा हजारी ? याँ बस्ते अरिपर त तम नैआउने हौ । कैलेइ दशैँ दुत्यखी त आइदिय । घर उगाडो अर्दिय । काजबार आया जसो बनाइदिय । हाम कति बाँचुला भन्नै अब ?

केइ निकोनौलो पकाउँ भने लै तमुमी परान जानो । निसौसेइ रे फौने माणाइ कति हौस मान्नथी नान्काछन्ज्याँ । केइ काजबार आउन्ज्याँ निसौसे पकाय भन्नथी । ओखल कुट्या चामला फौने माणा कति खान्थ्या तम दुई भाइ । पन्द्रै राता दिन तेरा बा तौड कोरिपर ल्याउन्थे ।  कति ओसेइपर खान्थे, कतीका माणा पकाउन्थे । रातभरी बातै हाल्लथे । बिसर्गै लाटा ? केइ काजबार पहाडै रय, केइ तमुइ सित गए । हाम्सित त तमरी याद मात्तर रै अब । उनुइ पुराना दिन समुद्दछु, दुयै बुडाबुडी रुन्छु । क्यारु पैँ ? न कोइ कुरडी अद्द आउना हाम्सित । बुडिएपर एकला हुने रैछन मान्छ । 
बेल्पोरु तेरी जेठी दिदी आइरे डुब्का पकाइपर ख्वाइगै । तेरा बाले भौत खायो तेइदिन । तेरि याद अद्दलाथे खुब । त लै गतानी डुब्का खुब निकामान्नथी, धिकी लाटा ? डुब्काइनो हाल्या पैसा आलो भनिपर जतिभ्याका डुब्का मागिपर फोड्डथी । तेरा वाँ कैलेइन् आउने रुप्पे । जैल लै तेरा भाइका वाँ पड्डथ्यो ।

बुडेसकाल पचाइ नैसक्किने रैछ चेला । कैलेइ केइ रहडले खाउँ भने लै पचाइ नैसक्किनो । क्याद्दै, खाउँ त के के प भनिमान्नछु । मनले मागिपर मात्तर नैहुने रैछ, लादाले पचाइसक्दुपड्डे रैछ बुडेसकाल । एक गास झिक्क हुन्ज्याँ हगन होइजान्छ ।

आयै हुनेइ हो बा एक्फेरा ? बिदा मिलाइपर सबै आयपन । नातीनतिना नधेकेइ मद्देहुँ कि भन्ने लागन्छ कैलेइ । खुब सम्राइ लागेइछ तमरी । फुनमी कुरडी त हुन्छ, झलमली मात्रै । हाम त अब डाँडा मथिका जुन हुँ । कैतिक ढल्किने हुँ । एक्फेरा तम सब जर्मेसित बस्तेइ रहड हो हमरी । कैदिन काल आउने हो, के था छ रे ? तमरी मौ अमृकाहै आय, कान्छो अस्टेलियाहै आउन्छ । चेलीमौ बोलाउन्छु । सब बसिपर एकदिन काजबार अरु । हाम त अब दुई दिना पाउना हुँ बा । कैदिन प छ जानो लेख्या ।

कति बर्स भे भन्नै सङ्ङै बसिपर एक गास नखाया ? आफना हातले पकाया डुब्का ख्वाउने मन छ लाटा तो । ओखल कुट्या चामलो फौने माणा ख्वाउने मन छ तम सबलाइ । घोलबटोल भैपर एकै रोस्सेखी तम सब सित सङ्ङै भात खाने रहड छ मेरी । आफनाइ हातले चुठाउने मन छ तम सब । जसेरी हुन्छ बा, एकफेरा घर आ । कान्छालाइ लै भन्या छु । दुयै सङ्गै बिदा मिलाइपर आय । मद्दे बखत त तम कोइन हुनेहौ । हाम सब था छ । को ब कानी हाल्ले हो, को ब छिणो हाल्ले हो ? कृय लै कन्नेप अद्द पड्डे हो ? हमरा भाग्यमी चेला हातौँ आगो दिने लेख्या नैथिन मान्नो बा । परान छाड्डे बखत घाँटीनो एक थोप्पो पानी हाल्ले मान्छ लै पाउने हुँ कि नै भन्ने चिन्ता छ ।  क्यारु ? हमरा भाग्यमी तिसै लेख्या भे सौँला पैँ । रातदिन उनुइ देउपितर जपन्छु । दुयै बुडाबुडी एकैदिन लैजाय भन्नछु । कै को पालो प अघाडी आउने हो ? कन्ने जान्या छ रे भन्नै । तेरा बा अघाडी भे त म बसिजानाहुँ । म अघाडी गैगे भने तेराबाखी आपत हुनेइ हो लाटा । उसाइ सक्किजानेहुन । न केइ औशान थिन् । आफुइ चाहा पकाइपर खाइ सक्दे ढङ्ग नैथिन् । सोच लागन्छ तेरा बाको ।

बिन्ती छ ब्वा, यैपाली एक्फेरा आश । नातीनतिना लेइपर आ । ब्वारी धेकाहाल हाम । हाम्लै बुडा भैगे अब । झिक्क बस्ते त नैहौ तम । दुई रात भे लै आय । तो काखिनो हालिपर सिने मन छ चेला । तेरा हातखुट्टाम्भो चिल्लो लाइदिने मन छ । तेरो मुन्टो कोरिदिने मन छ बा । आफनाइ हातले तो भात ख्वाइदिने मन छ । चुठाइदिने मन छ चेला ।

बिन्ती छ मेरा हजारी । एक्कै रात भय लै आइदिय । तमरो मुख तकिपर मद्दे मन छ । तमरा हातखुट्टा मसारीपर परान छाड्डे मन छ । नातीनतिना तकिपर मद्दे मन छ । जसेरी हुन्छ यैपाली बिदा मिला ब्वा । तम सबका चण्णिमी राता अक्षत रे चानन लाइदिने मन छ । कानैना पियँला जमरा हाल्दिने मन छ । तमरा घाँटिनी टोक्करी फुलै माला हाल्दिने मन छ । काखीमि बिसाइपर खर्म जौणी खर्म भनिपर जौणा हेर्दिने मन छ । हाडा काङ्ङेले मुन्टो कोर्दिने मन छ । तोडा तेल तताइपर तम सबा मुन्टाइनो हाल्दिने मन छ । आफनाइ हातले आफना जम्र्या मुख धोइदिने मन छ ब्वा ।

एक रात भे लै एकै सिन्नेउडामी सिने मन छ तम चेलाइमौ सित । एकै बटोलिनो पकाया भात खाने मन छ । एकै टम्केमी पकाया तिउन खाने मन छ । एकै फ्राइबिनमी उमाल्या चाहा खाने मन छ लाटा । एकै तौवमी हाल्या रोटा खाने मन छ । आफनी ब्वारीको हातो पानी खाने मन छ । नातिनतिना मसाद्दे मन छ । कुरडी अद्द नैजाने लै काखीमी बिसाइपर भात्ती खाने मन छ । आफनाइ आँखा अघाडी बिसाइपर तम सब धित मद्दज्याँ हेरिराख्दे मन छ । तम्र्ले आमा’ भनिपर डाँको लाया सुन्ने मन छ । मलाइ तमरा रुप्पे नैचाइयाथिन् चेला । न मलाइ झिलिमिली लत्ता चाइए । न मलाइ यो महल चाइया थिन् अब । सब पुग्यो चेला ।

तम पागल भैग्या आमा भनिमानल्ला । हो चेला, म पागल भैगे तमरा मायाले । तमरी सम्राइले पागल बनाहाल्यो म । कति बर्स भे तो नभेट्या ? कति बर्स भे त घर नआया ? याद छ लाटा ? कति दशैँ गैन तेरा बाटो हेद्दा हेद्दा ? कति दुत्य भैन तेरी दिदिमौले तो चानन नलाया ? कति वल्के गैन, कति बिसौँ ? गैँत्या छै चेला ? आफुले जन्माया, हुर्काया चेलाचेलीको कति माया लागन्छ भनिपर त लै जान्ने भैगै है अब । हमरो खुन है त, हमरो प्राण है । हमरो बंश है । हमरो सास है । आश है । तबैचार एक्फेरा घर आ बा । हमरी बिन्ती छ । तेरी खुट्टि सलाम छ । एकफेरा भे लै बुडा इजाब्वाको मुख हेरिपर जा । आशिर्वाद लैगिपर जा । ब्वारी रे नातिनतिनाको मुख धेकाइपर जा । तोसित और गुनासो केइन् थिन बा । जे छ, जति छ जन्म दिने भगवान सित छ ।

दशैँ आउन्छ, दुत्य आउँन्छ । वल्के आउन्छ, बिँसौ आउन्छ । नरहरी आउन्छ, होरी आउन्छ । सबा चेला घर आउनाहान । मेरो घर सुनसान हुन्छ चेला सदाँइ । बाटाइ डिठ बाटाइ हुन्छ ।  यैपाली दशैँखी बिदा मिलाय चेला । दुई दिन भे लै उजाली अरिपर जाय घर । बिन्ती छ ।

झिक्क के भनु अब ? तम ज्वान जवान भया चेलासित बर्ता के बोलु ? के सम्जाउँ तम ? देशबिदेश घुम्या मान्छ । याँखी बात तम सब थाइ होली । समाचार सुनल्ला, हेरल्ला । सबका चेलाचेली बित्तिनलाग्गे । सब बिदेशै भन्लाछन । गाउँ खाली भैसक्यो । खेत बाँज्जिग्यो । घर रित्तिसके ।

तेरा भान्जैमौ लै अस्टेलिया निउती लाग्याछन । को कै रोक्द सक्दो याँ । को कै सम्जाइसक्दो । सब खुट्टा उचाइपर बस्याछन । सबा घरै कुरडी हमराइ  जसी हो । सबा घर बुडा इजाबा मात्तर रन्लाछन । कै खि के भनु ? कै खि गाल्दिउँ ? सबैको धेकिपर चित्त बुजायाछु । कसैसित केइ गुनासो नैथिन अब । जैका भाग्यमी जे लेख्याछ, त्यो हुनेइ हो । टारिपर टड्डे लै केइनै । इती लेखिमागन्छु अब । आफनो सम्मार अरेइ । जसेरी हुन्छ बिदा मिलाइपर आइगेइ ब्वा ।
उइ तेरी आमा,
धौली
 

प्रतिक्रिया