ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा अझै रोकिएन जङ्गली हात्तीको आतंक

बिहिबार १३, मङि्सर २०८१ ११:०१

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन ।  सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो । 

दुई जनाको ज्यानसमेत लिइसकेका जङ्गली हात्तीले कैयौँ स्थानीयको घर भत्काउनुका साथै ५०÷६० बिघा जमिनमा लगाइएको उखु नष्ट गरिसकेका छन् । जङ्गली हात्तीको आतङ्कका कारण दुई महिनादेखि लालझाडीसहित कञ्चनपुरको दक्षिणी क्षेत्रको जनजीवन त्रसित छ । 

जङ्गली हात्तीले कृषि बालीमा नोक्सान गर्नुका साथै मान्छेको घर भत्काएर आतङ्कित बनाएको लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बताए । 

किसानको खेतमा दिउँसै हात्तीको झुन्ड पुग्ने गरेको छ । खेतमा आएका हात्तीलाई डोजर, ट्याक्टरले स्थानीयले धपाउने गरेका छन् । लालझाडी कोरिडोर र दुधुवा नेसनल पार्कको बिचमा पर्ने लालझाडी गाउँपालिकामा यसवर्ष असोज महिनादेखि जङ्गली हात्तीको आतङ्क सुरु भएको हो । 
 

प्रतिक्रिया