ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा नेकपाले राख्यो पाँच सीट जित्ने सूचीमा, १४ क्षेत्रमा मुख्य प्रतिस्पर्धा

शुक्रबार ०८, फागुन २०८२ ०८:२४

धनगढी । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिट बढ्ने विश्लेषण छ, नेपाली कम्युनिस्ट पार्टीको । नेकपाले देशभरका निर्वाचन परिचालन समितिलाई आन्तरिक चुनावी रिपोर्ट पठाउन भनेकोको सुदूरपश्चिममा राम्रो सिट जित्ने दाबी गरिएको छ ।

प्रदेशमा पाँच वर्ष सरकार चलाएर पनि तत्कालीन माओवादी केन्द्र ०७९ सालको निर्वाचनमा एक सीट पनि जितेको थिएन । नेकपामा सम्मीलित एकीकृत समाजवादीले भने लडेका तीन वटै सीटमा जित निकालेको थियो । यस्तै नेकपामै मिलेको नागरिक उन्मुक्तिले सुदूरपश्चिममा तीन सीट जितेको थियो ।

प्रचार समितिका अनुसार यसपटक देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीतिर माहोल बढिरहे पनि नेकपाले पाउने मतमा उल्लेख्य प्रभाव पार्न नसक्ने विश्लेषण गरेको छ ।

नेकपाले प्रदेशगत रुपमा प्रतिस्पर्धा हुने दलहरू पनि पहिचान गरेको छ । सुदूरपश्चिममा कांग्रेस, एमालेसँग प्रतिस्पर्धा हुने देखिएको चुनावी विश्लेषणमा सहभागी नेताको भनाई छ ।

सुदूरपश्चिममा १६ मध्ये १४ सिटमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा रहेको नेकपाका नेताहरूको भनाइ छ । जहाँबाट ५ सिट उसले जितिने सूचीमा राखेको छ । 

‘माओवादीको परम्परागत मत जोगिन्छ, रास्वपाले हाम्रो मत काट्दैन, बरु कांग्रेस र एमालेको काट्दा हामीलाई फाइदा हुन्छ,’ चुनावी विश्लेषणमा सहभागी एक नेताले भने, ‘उम्मेदवार छनोटले पनि हाम्रो पक्षमा माहोल बढ्न थाल्यो ।’

कैलालीमा तीन, कंचनपुरमा एक र अछामका एक क्षेत्रलाई  नेकपाले जित्ने सूचीमा राखेको बताइएको छ । यसअघिका चुनावमा अधिकांश ठाउँमा पछि परे पनि यसपटक सबै क्षेत्रमा राम्रो हुँदै गएको रिपोर्ट केन्द्रमा पठाइएको छ । 

प्रतिक्रिया