ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अपाङ्गता दिवसका अवसरमा प्रदर्शनी मेला गरिने

शुक्रबार १४, मङि्सर २०८१ ०३:४१

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा धनगढीमा प्रदर्शनी मेला गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा हुने मिनि प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनीमा राखिने छन् ।

महासंघका प्रदेश अध्यक्ष मानबहादुर साउँदले तीन दिनसम्म चल्ने प्रदर्शनीमा २० वटा स्टल रहने जानकारी दिए । अपाङ्गता भएर पनि उद्यम गरिरहेकाहरुको मनोबल बढाउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । 

‘अपाङ्गता भएका व्यक्तिहरु पनि विभिन्न उद्यम गरिरहनु भएको छ, उहाँहरुले उत्पादन गरेका सामान प्रदर्शनी राख्न लागेका हौँ’ अध्यक्ष साउँदले भने, ‘यसले उहाँहरुलाई प्रोत्साहन हुनुका साथै प्रचारप्रचारमार्फत व्यवसाय प्रवद्र्धनमा पनि सहयोग पुग्ने आशा गरेका छौँ ।’ राम्रो उद्यम गरेकालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका कार्यालय बाहिरको प्राङ्गणमा मंसिर १८ गतेबाट सुरु हुने प्रदर्शनीमा छुट्टै स्टल राखेर आँखा र कानको निशुल्क उपचारको व्यवस्था पनि गरिने महासंघले जनाएको छ । अपाङ्गता भएका व्यक्तिका सांस्कृतिक एमव् मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने बताइएको छ ।

त्यस्तैै दिवसको अवसरमा महासंघले साताव्यापीरुपमा विभिन्न कार्यक्रम गर्न लागेको छ । महासंघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर साताव्यापीरुपमा गरिने कार्यक्रमको जानकारी दिएको हो ।

महासंघको आयोजनामा शनिबार धनगढीको हसनपुर क्षेत्रमा सरसफाइ पनि गरिने भएको छ । हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने अभियानअन्तर्गत अपाङ्गता भएका व्यक्तिको सहभागितामा नमुनाका रुपमा सरसफाइ कार्यक्रम गरिने अध्यक्ष साउँदले बताए ।

दिवसका अवसरमा धनगढीमा रक्तदान, प्रभातफेरि,  रयाली, यातायात व्यवसायीसँग अन्तक्र्रिया, कञ्चनपुरको लालझाडीमा अपाङ्गता पहिचान शिविर, अपाङ्गतासम्बन्धि अन्तक्र्रियालगायत सचेतनामुलक कार्यक्रमहरु गरिने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया