ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्कविहीन

सोमबार २९, बैशाख २०८२ ०५:०९

घोडाघोडी । कैलालीबाट एक महिला सम्पर्कविहीन भएकी छिन् । घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला बिष्ट रावत सम्पर्कविहीन भएकी हुन् । 

उनी माइतीघर जान्छु भन्दै हिडेको तीन दिनसम्म सम्पर्कमा आएकी छैनन् । २७ वैशाखमा उनी घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भन्दै घरबाट हिडेकी थिइन् । बिष्टको बारेमा आइतबार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । 

सोमबारसम्म सम्पर्कविहीन भएपछि श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन् । लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रतिक्रिया