धनगढी । कैलालीको धनगढीमा सालनालसहितको एक नवजात शिशु फेला परेको छ ।
धनगढी उपहमानगरपालिका–८ भद्र टोलको नाला किनारमा आज बिहान नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भर्खरै जन्मेकी बालिकालाई बेवारिसे अवस्थामा फेला पारिएको जानकारी दिए । नवजात शिशुको उद्धार गरेर सेती प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।
प्रतिक्रिया