धनगढी । कैलालीको धनगढिमा अनलाइन मल्टिमिडिया सम्बन्धी दुइ दिने तालिम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासंघ कैलालिको आतिथ्यता र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको आयोजनामा तालिम सुरु भएको हो ।
प्रदेशस्तरीय दुई दिने प्रशिक्षण तालिमको शनिबार प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरे । पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको सभापतित्वमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया