ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कार्यरत इन्सपेक्टरसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, लाइसेन्समा घुस लिएको आरोप

बिहिबार १४, फागुन २०८२ ०९:४४

धनगढी । सवारी चालक अनुमतिपत्र वितरण गर्दा घुस लेनदेन गरेको भेटिएपछि नेपाल प्रहरीका इन्सपेक्टरसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले याायात कार्यालय, बाँकेमा भएको अनियमितताको छानबिन गर्दा चार ट्राफिक प्रहरीसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रमुख रहेका इन्सपेक्टर पुष्करराज पन्त, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रबिण र नन्दकुमार पोखरेल तथा प्रहरी सहायक निरीक्षक दमन बिक्रम सेनविरुद्ध मुद्दा दायर भएको हो । इन्सपेक्टर पन्त अहिले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा कार्यरत छन् । उनले ४३ लाख १४ हजार घुस लिएको आरोप छ ।

गत वर्ष चैतमा अख्तियारले यातायातका कम्प्युटर अधिकृत शक्ति ठाकुरसहित चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । जस क्रममा ट्राफिक प्रहरी लगायत कर्मचारीको घुस बाहिर आएको हो । परीक्षामा फेल भएकालाई पास बनाएर लाइसेन्स दिएर यातायात कार्यालयमा घुस लेनदेन हुने गरेको अभियोग छ । 


प्रतिक्रिया