ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
सांसद पदबाट निलम्बित

माधव नेपालविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता

बिहिबार २२, जेठ २०८२ ०१:३२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेपालमाथि पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लगाइएको छ । अख्तियारको उच्चका अनुसार केहीबेरअघि मुद्दा दर्ता भएको हो । यसबारे अख्तियारले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

नेपालमा पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । मुद्दा दर्तासँगै पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष नेपालको राजनीतिक करियर धरापमा परेको छ ।

नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट निलम्बित भएका छन् । नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ बाट विजयी भएका थिए ।

प्रतिक्रिया