ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा झडप हुँदा असईसहित दुई जना घाइते, १२ जना पक्राउ

मङ्गलबार १९, फागुन २०८२ ०९:१२

धनगढी । कैलालीको धनगढीमा दुई समूहबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबीच भएको झडपमा परी दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित दुई जना घाइते भएका हुन् । घटनाको अनुसन्धानको लागि १२ जनालाई नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए । 

झडप नियन्त्रणमा लिन निर्वाचनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया