ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा झडप : नियन्त्रण गर्न हवाई फायर, एसपीको गाडीमा ढुङ्गामुढा

मङ्गलबार १९, फागुन २०८२ ०९:३१

धनगढी । कैलालीको धनगढीमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले छ राउन्ड हवाई फायर गरिएको हो ।

सो क्रममा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दको गाडीमा पनि ढुंगानुढा भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित दुई जना घाइते भएका हुन् ।

घटनाको अनुसन्धानको लागि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया