ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी झडप : प्रहरीमाथि नै किन जाइलाग्यो भिड ?

बुधबार २०, फागुन २०८२ ०९:१७

धनगढी । कैलालीको धनगढी–१३ कैलाली गाउँमा मंगलबार साँझ दुई समूहबीच झडप भयो । होली मनाएपछि भएको विवाद झडपमा परिणत भयो ।

झडप साम्य पार्न पुगेको प्रहरीमाथि नै आक्रमण भयो । सो क्रममा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दको गाडीमा पनि ढुंगानुढा भएको थियो । मदिरा सेवन गरेका दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले छ राउन्ड हवाई फायर नै गर्नु परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षक डबल साउदसहित दुई जना घाइते भएका छन् । उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धानको लागि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कैलाली प्रहरीले विस्तृत अनुसन्धान थालेको जनाएको छ । १२ जनामाथि आज बिहानैबाट सोधपुछ र अनुसन्धान अघि बढाइएको छ । घटना बालबालिकाको झगडाबाट सुरु भए पनि त्यसमा उनीहरूका अभिभावक मिसिएर प्रहरीमाथि नै जाइलाग्नुले योजनावद्ध आक्रमण हो वा उत्तेजना मात्र हो भन्ने कोणबाट प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

प्रतिक्रिया