ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराबाट सरकारी टोली बडीमालिका प्रस्थान

मङ्गलबार २०, साउन २०८२ १२:५९

बाजुरा । बाजुराबाट सरकारी टोली प्रसिद्ध धार्मिकस्थल बडीमालिका प्रस्थान गरेको छ ।

बडीमालिकामा लाग्ने मेलाको अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोलीले यात्रा आरम्भ गरेको हो । बडीमालिका दर्शनका लागि जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक रूपमा सलामी अर्पण गर्दै बिदाइ गरेको छ ।

टोली चार दिनको पदयात्रापछि चतुर्दशीका दिन बडीमालिका मन्दिरमा पुग्ने र त्यहाँ विशेष पूजा तथा मेला आयोजना हुनेछ । 

प्रतिक्रिया