ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पुग्दै एमाले नेता महेश बस्नेत, सडकमा जेनजी (तस्बिरहरु)

बुधबार १०, मङि्सर २०८२ १२:२०

धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेन–जी युवाहरूले प्रदर्शनमा उत्रिएका छन् । 

बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन् ।

बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । 

२३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजी युवाप्रति आक्रामक सुनिएका छन् । साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

प्रतिक्रिया