धनगढी । निर्वाचन सुरक्षा व्यवस्थालाइ सयुक्त सुरक्षा फाैजले कसिलाे बनाउदै लगेकाे छ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एसपी/डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएको छ ।
त्यस क्रममा सादा पाेसाकका मार्सल टाेली समेत परिचालन गरिएकाे छ । प्रहरीले सुरक्षा दृष्टिकोणबाट संवेदनशील र अतिसंवेदनशील मानिएका निर्वाचन क्षेत्रमा तीन वटासम्म र अरूमा एक–एक केन्द्रीय टोली परिचालन गरेको छ ।
सुरक्षा समन्वयका लागि गृह मन्त्रालयले यसअघि नै सुदूरपश्चिममा सहसचिव खटाइसकेकाे छ । टीकापुर क्षेत्र पर्ने कैलाली- १ र बाजुरालाइ विशेष निगरानीमा राखिएकाे सुरक्षा स्राेतले जनाएकाे छ ।
बाजुरा हरेक निर्वाचनमा झडप र हिंसात्मक घटना हुँदै आएकाे जिल्ला हाे भने टीकापुर क्षेत्र ०७२ काे टीकापुर हत्याकाे घटनापछि हालसम्म पनि संवेदनशील मानिएकाे छ ।
सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टाछुट्टै २३ टोली परिचालन गरेको छ । प्रत्येक टोलीलाई ३ देखि ४ जिल्ला हेर्ने जिम्मेवारी दिइएको छ । टोलीलाई ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’ को कार्यान्वयन अवस्था, सुरक्षा विश्लेषण, अनुगमन, नियमन, फिल्डमा देखिएका चुनौती तथा अवलम्बन गर्नुपर्ने सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन र फिल्डमा समन्वय गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया