धनगढी । धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको हो ।
बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थल उद्योग वाणिज्य संघमामा लग्ने क्रममा जेनजी मार्गनजिक युवाहरुले प्रदर्शन गरिरहेका थिए । जेनजीको प्रदर्शनस्थलमा मोटरसाइकल र्याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरुले जेनजी प्रदर्शनकारीमाथि आक्रमण गरेका हुन् ।
प्रहरीको सुरक्षा घेरा तोड्दै जेनजीमाथि आक्रमण भएको हो । सो क्रममा जेनजी अगुवा सरिता जोशी लगायतलाई चोट लागेको छ । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।
प्रतिक्रिया