काठमाडौँ । इजरायल र हमासको युद्धविरामअन्तर्गत आज चार जना इजरायली महिला बन्दी छुटेका छन् । सीएनएनका अनुसार प्यालेस्टिनी समूह हमासले शनिबार रिहा गरेका करिना अरिएभ, डानिएला गिल्बोआ, नामा लेभी र लिरी अल्बाग इजरायली महिला सैनिकहरू हुन् ।
चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने जनाइएको छ । हमास र इजरायलबीच भएको सम्झौतामा प्रत्येक इजरायली सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दी छाड्ने उल्लेख छ ।
प्रतिक्रिया