ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

इरानका ६ हजार लक्ष्यमा अमेरिकी आक्रमण

शुक्रबार २९, फागुन २०८२ १०:१७

वासिङ्टन डीसी । इरानविरुद्ध सञ्चालन गरिरहेको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत हालसम्म करिब ६ हजार लक्ष्यमा आक्रमण गरिएको अमेरिकाले जनाएको छ । यो तथ्याङ्क अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले सार्वजनिक गरेको हो ।

उक्त कमाण्डका अनुसार आक्रमणका क्रममा इरानका करिब ६० वटा जहाज र ३० वटा माइन्स बिछ्याउने जहाज क्षति पुर्‍याइएको वा नष्ट गरिएको छ । यसका अतिरिक्त अमेरिकी आक्रमणको निशानामा सैन्य कमाण्ड केन्द्र, हतियार उत्पादन गर्ने कारखाना, ब्यालिस्टिक मिसाइल साइट,

पनडुब्बी, तथा हवाई प्रतिरक्षा प्रणालीमाथि पनि प्रहार भएको छ ।

यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले सुरुवाती हवाई आक्रमणका क्रममा इरानको एक विद्यालयमा बम खसेको हुनसक्ने आशङ्का गरिएको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा अमेरिकी सेनाको आक्रमणबाट अनजानमा विद्यालयमा क्षति पुगेको हुनसक्ने सङ्केत देखिए पनि अन्तिम निष्कर्ष भने अझै नआएको बताइएको छ । 

प्रतिक्रिया