ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहमाथि कर्मचारीबाटै घुस मागेको आरोप, मुख्यमन्त्री के भन्छन् ?

मङ्गलबार २६, फागुन २०८२ ०५:००

धनगढी । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसंग घुस मागेको आरोप लगाएका छन् । मुख्यमन्त्री शाहले आफूसंग पाँच लाख घुस मागेको भट्टले आरोप लगाएका हुन् । पाँच लाख दिन नसकेपछि डिभिजन वन कार्यालय धनगढीको प्रमुख पदबाट आफूलाई हटाइएको भट्टको आरोप छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो ।

घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गरै आफ्नो धारण सार्वजनिक गरेका छन् । उनले आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेका छन् । `छानबिन गर्ने थुप्रै निकाय छन्,´ मुख्यमन्त्री शाहले भने, `तत्काल छानबिन गरिदिनु पर्‍यो । म दोषी देखिएपछि म कारबाही भोग्न तयार छु। होइन भने जथाभावी आरोप लगाउने कर्मचारीलाई कारबाही हुनुपर्छ ।´ 

सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लामोसमयदेखि मन्त्रीविहीन छन् । नाउपाबाट वनमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले कार्यशैली ठिक नभएको भन्दै असारमा बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहले आफैसंग राखेका छन् ।

प्रतिक्रिया