ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर दुर्घटना : मृतक दुई जनाको सनाखत

बिहिबार २८, फागुन २०८२ ०३:२४

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ । भीमदत्त- १ बाराकुण्डा बस्ने ४० वर्षीय मोटरसाइकल चालक राम लुहार र मोटरसाइकल पछाडि सवार ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको हो । 

पूर्वपश्चिम राजमार्गअन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा दुर्घटना भएको हो । 

महेन्द्रनगरबाट पूर्वतर्फ आइरहेको से १ च १४०५ नम्बरको जिप र विपरीत दिशातर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया