एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।
अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका बीबीसीले जनाएको छ । न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताएका छन् ।
प्रतिक्रिया