एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी छ ।
विश्वको सबैभन्दा ठुलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो । भागदौडका कारण अमृत स्नान रद्ध भएको छ ।
गएको जनवरी १३ तारिखदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् ।
प्रतिक्रिया