एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गरेका छन् । मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ का रूपमा वर्गीकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले बताएकी छन् । उनका अनुसार यो कामका लागि मस्कले सरकारबाट तलब पाउने छैनन् तर कानुनको पालना भने गर्नुपर्नेछ ।
ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उनलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ । विशेष सरकारी कर्मचारी पद बढीमा १३० दिनका लागि मात्रै हुन्छ । मस्कले सङ्घीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया