नितिश कुमारले बिहारको मुख्यमन्त्रीका रूपमा दसौं पटक सपथ लिएका छन् ।
पटनाको गान्धी मैदानमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा लगायत उपस्थित छन् ।
समारोहमा दुई उपमुख्यमन्त्री सहित १८ मन्त्रीको पनि सपथ गरिएको छ ।
नितिश कुमार सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । अहिलेसम्म उनी १० पटक मुख्यमन्त्री बनिसकेका छन् ।
प्रतिक्रिया