ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पाटन विमानस्थलमा दुई घण्टामै पाँच पटक ल्याण्ड भयो सेनाको जहाज

मङ्गलबार ११, मङि्सर २०८१ ०४:०१

धनगढी । बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड गरेको छ ।  मंगलबार  बिहान ७ः३० देखि ९ः३० सम्म  जहाजले पाँच पटक ल्याण्ड गरेर उडान भरेको हो । 

नेपाली सेनाले सुर्खेतबाट पाटन विमानस्थलमा अभ्यास उडान गरेको बताइएको छ । नयाँ पाइलटले ल्याण्ड र टेकअपको अभ्यास उडान गरिरहेको बैतडी प्रहरीलाई सूचना भएको छ । 

बिमानस्थल खाली भएकाले अभ्यास उडान गर्न सहज भएकोले सुर्खेतमा रहेको सेनाले पाटन विमानस्थाल रोजेको बताइएको छ । 

प्रतिक्रिया