गुल्मी । गुल्मी जिल्लाका सात स्थानीय तहले मगर एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
१२ वटा स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय सरकारले ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया