धनगढी । कैलालीको धनगढीमा किङ हिल्स गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । उद्योगको शनिबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले उद्घाटन गरेका छन् । उद्योगको उद्घाटन गर्दै अध्यक्ष ओझाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।
पत्रकार हर्कसिंह प्रपाला (हरिश) र केशवसिंह बिकले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । लामो समय पत्रकारिता गर्दै आएका प्रपाला एभिन्युज टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख हुन् ।
सञ्चालक प्रपालाले ४० लाख लगानीमा उद्योग सञ्चालनमा ल्याइएको बताए । उनले २५ जनालाई प्रत्यक्ष रोजगारी दिइएको जानकारी दिए ।
‘हामीले विद्यालयलाई लक्षित गरेर यो उद्योग सञ्चालनमा ल्याएका हौँ,´ उनले भने, `यहाँ विभिन्न निजी तथा सरकारी विद्यालयका पोशाक उत्पादन हुन्छ । नेपाली राष्ट्रिय पोशाक, कोट, पाइन्ट पनि तयार गर्छौँ ।’
प्रतिक्रिया