ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा हँसिया प्रहार गरी सौतेनी आमाको हत्या

बुधबार ०४, चैत २०८२ ०७:४४

धनगढी । कञ्चनपुरमा हँसिया प्रहार गरी एक वृद्धाको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका–४ मान्या चौराहमा मंगलबार राति ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको हो । उनीमाथि घाँटीमा हँसिया प्रहार गरिएको छ । बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, आक्रमणमा परी बिन्दाकी ५५ वर्षीया छोरी भगवतीदेवी श्रेष्ठ (माझी) घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए  । 

बिन्दाकै ५० वर्षीय सौतेनी छोरा हरिप्रसाद श्रेष्ठमाथि हत्यामा संग्लन भएको आरोप छ । उनी घटना पछि फरार रहेको र खोजी कार्य जारी रहेको  इन्सपेक्टर थापाले बताए ।

प्रतिक्रिया