धनगढी । कैलाली पाइड लिग क्रिकेट प्रतियोगिताको टोली पुनर्वासले जर्सी सार्वजनिक गरेको छ । आज धनगढीमा आयोजित कार्यक्रममा जर्सी सार्वजनिक गरिएको हो ।
पुनर्वासको टिममा नेपालबाट विश्वकप खेलिसकेका शेर मल्ल पनि छन् । यस्तै नारायण जोशी, बसन्तसिंह कार्की, हेमन्त धामी, नरेन भट्ट, सचिन भट्ट, अविशेक पाल लगायत खेलाडी छन् । प्रशिक्षकमा महेश अधिकारी छन् ।
पुनर्वास नगरपालिकाको टोलीलाई देव इन होटलले मुख्य प्रायोजन गरेको छ । यस्तै वाउ फुड एन्ड क्याफे क्याफे, वाल्मीकि स्कुल, किशान ट्रेडिङ, नमुना इट्टा, बिडी ट्रेडर्स, बिवाइडी लगायतले प्रायोजन गरेका छन् ।
मुख्य प्रायोजक देव इन होटलका सञ्चालक वीरेन्द्र पन्तले व्यवसायसंगै खेलकुद क्षेत्रमा पनि योगदान दिदै आएको जानकारी दिए ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्लामा कैलाली प्राइड लिग सुरु भइसकेको छ । पालिकास्तरीय प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रथम हुनेलाई तीन लाख र र दोस्रोलाई एक लाख नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया