ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कार्यसम्पादनमा डडेल्धुरा देशभरमै पहिलो, कैलाली ४७ औं स्थानमा

बुधबार १२, मङि्सर २०८१ ०७:५५

धनगढी । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो ।

२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ । डडेल्धुराबाहेक सुदूरपश्चिमको कंचनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ ।  कंचनपुर  आठौं स्थानमा छ । यस्तै दार्चुला १९, डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८, बैतडी प्रशासन ६३ औं स्थानमा छन् ।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो ।

प्रतिक्रिया