ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरा उपनिर्वाचनले माओवादीभित्र किचलो, एमाले नभई एसलाई समर्थन गर्न निर्देशन

बिहिबार १३, मङि्सर २०८१ ०९:४१

धनगढी । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गर्न निर्देशन दिएको छ । माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले लिखित रुपमा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न निर्देशन दिएका हुन् । 

‘उपनिर्वाचनमा माआृवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाब प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशन बिपरीत क्रियाकलाप रहेको छ,’ पोखरेलले भनेका छन्, ‘केन्द्रमा समाजवादी मोर्चालाइ बलियो बनाउने तथा माओवादी केन्द्र र एकिकृत समाजवादीको बिचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकिकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’

गाउँपालिका समिति भने उम्मेदवारी फिर्ता लिएकै दिनदेखि एमाले उम्मेदवार सुलोचना भण्डारी बुढाको प्रचारमा जुटेको छ । ०८४ को निर्वाचन लागि भागबन्डा गरेर नेकपा (एमाले)लाई सर्थमन गरेको माओवादीको स्वामीकार्तिक गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले बताए । उनका अनुसार ०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारी भएको छ । 

स्वामीकार्तिकमा एमाले र समाजवादीबाहेक कांग्रेसबाट पुल्तीसरा शाही पनि उम्मेदवार छिन् । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । 
 

प्रतिक्रिया