धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याङकर इकाइ कमिटी धनगढीले दुर्घटनामा घाइते ट्याङकर चालक भोजबहादुर मल्ललाई एक लाख ४७ हजार आठ सय रकम सहयोग गरेको छ ।
२०८१ चैत्र ११ गतेका दिन गोदावरी नगरपालिका तेघरीमा मोटरसाइकल दुर्घटनामा परेका मल्ललाई आज ट्याङकर इका कमिटी धनगढीले सो रकम हस्तान्तरण गरेको हो । कमिटीका अध्यक्ष पुष्कार गुरुङको विशेष पहल तथा धनगढीका ट्याङकर चालक एवं नेपाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरुको सहयोगमा आर्थिक सहयोग गरिएको हो ।
निसर्ग अस्पतालमा उपचार गरी बेड रेस्टका लागि घरमा रहेका मल्ल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाइ कमिटीका सदस्य समेत हुन् ।
गोदावरि नगरपालिका तेघरीस्थित घाइते चालकको निवासमै गएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, ट्याङकर इकाइ कमिटी अध्यक्ष पुष्कर गुरुङ र संगठन ट्याङकर इकाइ कमिटी उपाध्यक्ष दीपक बोहराले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया