ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको जयगढमा आगलागी : प्रदेश सरकारले ५० लाख दिने

बुधबार २७, चैत २०८१ ११:१२

धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार राति भएको आगलागीबाट पीडित पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितहरुर्लाइ ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए । ‘उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्निगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने छ,’ उनले भने, ‘पालिकाले मानविय सहायता सम्बन्धि मापदण्ड बनाएर राहत उपलब्ध गराउने छ ।’

क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए । प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णयसमेत गरको मुख्यमन्त्री शाहले जानकारी दिए । 

मंगलबार बेलुाका ७ बजे ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको थियो । आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट जयगढ बजारमा रहेका २७ वटा पसल र घरमा क्षति पु¥याएको थियो । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको डीएसपी भण्डारीले बताए । पुष्पराज शर्माको आईएमई सेन्टरबाट आगो फैलिएको थियो ।

प्रतिक्रिया