प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार भएको डुंगा दुर्घटनामा १४८ जनाको ज्यान गएको छ । अधिकारीहरूले सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका जनाएका छन् ।
देशको उत्तर-पश्चिममा रहेको कंगो नदीमा इन्धन बोकेको काठको डुंगामा आगलागी भएको थियो । त्यसलगत्तै उक्त डुंगा पल्टिएको थियो । डुंगामा करिब ५ सय यात्रु सवार थिए ।
नदी आयुक्त कम्पिटेन्ट लोयोकोले एक व्यक्तिले डुंगामा खाना पकाउँदै गर्दा आगो फैलिएको थियो । त्यसलगत्तै नदीमा हाम फालेका महिला र बालबालिकासहित धेरै यात्रुले पौडिन नसकेर ज्यान गुमाएका हुन् ।
प्रतिक्रिया