ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको प्रधानमन्त्री ओलीसँग भेटवार्ता

सोमबार ०८, बैशाख २०८२ १२:०९

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रदेशको विकास र संवृद्धिबारे भेटबार्तामा छलफल भएको बताइएको छ । आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बताइएको छ । 

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया