ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधानमन्त्रीको असहयोगपछि शिक्षामन्त्रीको राजीनामा

मङ्गलबार ०९, बैशाख २०८२ ०७:१२

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि उनले राजीनामा दिएकी हुन् ।

राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिका कारण उनी पद छोड्न बाध्य भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग संवाद गरेर माग पूरा गराउन भट्टराईले मन्त्रिपरिषद्मा पेस गरेको सात बुँदे प्रस्तावप्रति प्रधानमन्त्री अनुदार बनेपछि उनले राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया