धनगढी । कञ्चनपुरमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका– १० शिवनगरमा मंगलबार बिहान बेलडाँडी गाउँपालिका–३ का हरिकिशन रानाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मोटरसाइकलसंगै रानाको शव जलेको अवस्थामा फेला परेको हो । शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
मृत फेला परेका राना किसान हुन् ।
प्रतिक्रिया