ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा यो वर्ष छ दिन बिदा, कहिले–कहिले ?

मङ्गलबार ०९, बैशाख २०८२ ०३:५९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वर्ष २०८२ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८२ सालको सार्वजनिक बिदाहरूको सूची सार्वजनिक गरेको हो ।

०८१ चैत २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो ।  राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार छ दिन पर्व बिदा परेको छ । 

साउन २५ गते अट्वारी पर्व, भदौ १ गते ओल्के पर्व, भदौ १६ गते गौरा पर्व (नेपाल सरकारले गौरा पर्वमा दिएको बिदाबाहेक थप एक दिन), पुस ४ गते भुवा पर्व, पुस ३० गते जिता मर्ना पर्व र फागुन २६ गते खखडेहरा पर्वको बिदा दिइएको छ । 
 

प्रतिक्रिया