काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट पारे ।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैले एमालेबिनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीबिनाको एमाले किन खोजेको होला रु तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेबिनाको नेपाल हेरौँला, मिसन २०८४ मा हामी झन् बलियो भएर आउनेछौँ ।’
प्रतिक्रिया