जम्मू–कश्मीर । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा मारिनेको संख्या २७ पुगेको छ । घटना बेसारन घाँटीको क्षेत्रमा मंगलबार दिउँसो ३ बजे भएको थियो ।
हालसम्म मारिने २७ जनामध्ये एक नेपालीसहित १७ जनाको नाम पुष्टि भएको छ । नेपालका सुदीप न्यौपानेको उक्त आक्रमणमा परी मृत्यु भएको हो ।
आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाको विङ्ग द रजिस्टेन्ट फ्रन्ट अर्थात् टीआरएफले लिएको छ । मारिनेमा उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिशाका पर्यटक रहेका छन् ।
प्रतिक्रिया