काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टीलक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबूत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन दिएको निर्देशनपूर्ण अभिव्यक्तिपति ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिक्रिया