ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बालेन माथि झापामा गोली प्रहार भएको भनि भ्रम फैलाउने कञ्चनपुरका युवक पक्राउ

आइतबार १७, फागुन २०८२ ०५:३४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनमाथि गोली प्रहार गरिएको भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कञ्चनपुर जिल्लाका एक जना पक्राउ परेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ घर भएका २३ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भट्टलाई काठमाडौँ महानगरपालिका ५ डबली चोकबाट शुक्रबार दिउँसो दुई बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भट्टले सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ लेखेर पोस्ट गरी भ्रामक सूचना सम्प्रेषण गरेका थिए । यसले समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरेको प्रहरीले बताएको छ । 

उनी विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया