ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तीन दशकअघि जब पहिलोपटक सुदूरपश्चिम पुगेकी थिइन् आरजु...

बुधबार २१, जेठ २०८२ ०४:४७

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलोपटक सुदूरपश्चिम पुग्दाको अनुभव सुनाएकी छिन् । कैलालीको धनगढीमा बुधबार भएको सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको प्रि– समिटमा काँग्रेस नेतृसमेत रहेकी मन्त्री राणाले उक्त अनुभव सुनाएकी हुन् । 

‘सन् १९९२ मा चिसापानी तरेको, पुल पार गरेपछि त सडक नै थिएन,’ उनले भनिन्, ‘म त काठमाडौंमा हुर्केको, अचम्मै लाग्यो । बर्दियामा त धेरै आउँथे । त्यहाँ धुलोको बाटो त थियो, यहाँ त धुलोको बाटो पनि थिएन । ढुंगैढुंगा थियो त्यतिबेला ।’

मन्त्री राणाले काँग्रेस सभापति शेरबहादुर देउवासंग विवाह गरेपछि सन् १९९४ मा सुदूरपश्चिम आएको बताइन् । ‘सुदूरपश्चिममा पहिलोपटक आउँदा मलाई त साच्चिकै समयभन्दा पछि गएको जस्तो लाग्यो, चार सय वर्ष पछाडि गएको जस्तो लाग्यो,’ आरजुले भनिन्, ‘बिजुली पनि भर्खर पुगेको थियो डडेल्धुरामा । बाटो पनि थिएन, पानी पनि थिएन, बस्ने ठाउँ पनि थिएन । त्यो बेलाको अन्धविश्वास हेर्दा समयभन्दा पछाडि गएको अनुभव भयो । आफ्नै जीवनकालमा धेरै परिवर्तन होला भन्ने विश्वास पनि लागेको थिएन ।’

मन्त्री राणाले अहिले भने सुदूरपश्चिमा थुप्रै परिवर्तन भइसकेको बताइन् । अहिले पहाडमा विकासका धेरै पूर्वाधार पुगेको बताउँदै मन्त्री राणाले बसाइसराइले पहाड रित्तिन थालेकोमा चिन्ता व्यक्त गरिन् । मन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि भर्जिन र निकै बढी सम्भावना भएकाे क्षेत्र रहेको बताइन् ।

प्रतिक्रिया