धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका र परशुराम नगरपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्य तथा सम्बन्धित पालिकाको सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर भएको हो ।
गन्यापधुरा गाउँपालिका–३ सकाइल र परशुराम नगरपालिकाको जोगबुढामा शिविर भएको हो । ‘मेरो मुटु, स्वस्थ मुटु’ विशेषज्ञ स्वास्थ्य शिविरमा छ सय जनाले स्वास्थ्य सेवा प्राप्त गरेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।
पन्तका अनुसार शिविरमा निसर्ग अस्पतालका विभिन्न रोगसंग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा प्रारम्भिक परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो ।
प्रतिक्रिया