ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटा अस्पतालको सेवा प्रभावकारी बनाउन आग्रह

सोमबार ०९, असार २०८२ ०२:४४

धनगढी । कैलालीको गेटा अस्पतालको सेवा प्रभावकारी बनाउन आग्रह गरिएको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र गेटा अस्पतालका निर्देशक प्रमोद यादवबीच भएको छलफलमा यस्तो आग्रह गरिएको हो ।

छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, कर्मचारी नियुक्ति लगायतका विषयमा छलफल गरिएको थियो ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले तीन सय शय्याको भनेर अहिले पनि ५० शय्याको मात्रै सञ्चालन रहनु विडम्बना भएको बताए । 

अस्पतालका निर्देशक यादवले अहिलेसम्म पुरानै निर्देशकले बनाएको योजनाअनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउनदेखि आफूले बनाएका योजना अनुसारका काम हुने बताए । 

प्रतिक्रिया