ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महेन्द्रनगरमा फुटपाथ मिच्न थालियो, पाँच दलको विरोध

बिहिबार २०, मङि्सर २०८१ ०१:३८

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले फुटपाथ मिचेर व्यावसायिक सटर बनाउन लागेको भन्दै विरोध भएको छ । पाँच राजनीतिक दलले सयुक्त रुपमा विरोध जनाएका हुन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमतले संयुक्त विज्ञप्ति जारी गर्दै भत्काइएको स्थानमा फेरि सटर नबनाउन माग गरेका हुन् । एसियाली विकास बैंक क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत विस्तार भइरहेको सडकका लागि मदन चोकमा रहेका २२ वटा व्यावसायिक सटर भत्काइएको थियो । नगरपालिकाले सोही ठाउँमा एक दशमल ७० सेन्टिमिटर फुटपाथ मिचेर व्यावसायिक सटर बनाउन खोजेको ती दलहरूको आरोप छ ।


नगरपालिकाले फुटपाथ निर्माण कार्य अचानक स्थगित गरेको प्रति ध्यानाकर्षण भएको भन्दै रोकिएको काम तत्काल अघि बढाउन उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया