धनगढी । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ ।सुदूरपश्चिममा रहेका नेपाल- भारत सीमा नाका पनि सिल गरिएको हो ।
सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्माका लागि सीमा नाकाहरू सिल गरिएको हो । नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ ।
आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ ।
भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका दक्षिण भेग जोडिन्छन् ।
प्रतिक्रिया